कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

लागूऔषधसहित सल्यानमा दुई किशोर पक्राउ

सल्यान — सल्यानमा लागूऔषधसहित दुई जना किशोर पक्राउ परेका छन् । अवैध रुपमा लागूऔषध ओसारपसार तथा बेचविखन गरेको आरोपमा जिल्लाको शारदा नगरपालिका २ जोगदेखोला बस्ने अजय बिक र सुरज रोकालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । 

लागूऔषधसहित सल्यानमा दुई किशोर पक्राउ

ईलाका प्रहरी कार्यालय सितलपार्टीको टोलीले अजयको घरमा खानतलासी गर्दा उनको ओछ्यानमा सिरानी मुनि डिक्लोमाईन एचसिएल एसिटामिनोफिन क्याप्सुल पिभोन स्पास प्लस नामक ९ पत्तामा ७२ वटा, एक वटा पत्तामा प्रयोग गरिएको तीनवटासहित ७५ वटा क्याप्सुल, गाँजा सेवन प्रयोग गर्नका लागि प्लास्टिकबाट बनेको वाटर गन बरामद गरेको जनाएको छ । उक्त औषधि लागूऔषधको रुपमा कसलाई बेचेको भनि अनुसन्धानको क्रममा अजय र सुरजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ नविन कार्कीले बताए ।

दुवै जनालाई जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ कार्कीले जनाए ।

प्रकाशित : असार ७, २०८१ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×