कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

नदीमा डुबेर २ बालिकाको मृत्यु

वीरेन्द्रनगर — डोल्पामा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काईके गाउँपालिका–५ बैजिबाराकी कक्षा ५ मा अध्ययनरत १२ वर्षीयाकी रविना विष्ट र कक्षा २ मा अध्ययनरत १० वर्षीयाकी सोनी बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

शनिबार बिहान फोक्सुन्डो खोलामा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।



प्रकाशित : असार ८, २०८१ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×