कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

दुई थान भरुवा बन्दुकसहित पुरुष पक्राउ

सल्यान — सल्यानमा दुई थान भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । जिल्लाको बाग्चौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेरबहादुर वली बन्दुकसहित पक्राउ परेका हुन् । 

दुई थान भरुवा बन्दुकसहित पुरुष पक्राउ

स्थानीयले दिएको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय थारमारेको टोली वलीको घरमा पुगेर खानतलास गर्दा भान्साकोठामा एक थान लोड गरेको र एक थान खाली गरी दुई थान भरुवा बन्दुक फेला पारेपछि वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ नविन कार्कीले बताए ।

प्रहरीले दुई थान भरुवा बन्दुक र केही खरखजाना समेत बरामद गरेको उनले जानकारी गराए । पक्राउ परेको वलीलाई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासत कक्षमा राखिएको र अनुसन्धान भइरहेको प्रनाउ कार्कीको भनाइ छ ।

प्रकाशित : असार ८, २०८१ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×