२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

व्यावसायिक अवस्थाबारे छलफल

काठमाडौँ — नेपालमा व्यावसायिक वातावरणको विषयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थी र विज्ञहरूबीच शुक्रबार काठमाडौंमा छलफल भएको छ । युनिभर्सल र फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक र स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीबीच सेमिनारको आयोजना गरेको हो । 

देशको व्यवसायमा प्रभाव पार्ने राजनीतिक, आर्थिक, प्राविधिक, कानुनी र निजी क्षेत्रको पक्षमा छलफल भएको हो । यी क्षेत्रमा क्रियाशील विभिन्न विज्ञहरूले विद्यार्थीसँग प्रस्तुतीकरणसहित अन्तरक्रिया गरेका युनिभर्सल कलेजका प्रिन्सिपिल शिवदत्त ज्ञवालीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले शिक्षालाई समाजसँग जोडेर लैजानुपर्नेमा जोड दिए । त्यसका लागि उच्च शिक्षा विज्ञान र प्रविधिमैत्री हुन आवश्यक रहेको उनको भनाइ छ । आयोगका सदस्य शंकर भण्डारीले उच्च शिक्षाले अनुसन्धान र उत्पादनमा जोड दिनुपर्ने बताए । छलफलमा काठमाडौंका विभिन्न क्याम्पसका विद्यार्थी सहभागी थिए ।

प्रकाशित : असार १, २०८१ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x