कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

झापामा सवारी दुर्घटना, १ को मृत्यु, २१ जना घाइते

झापा — गाडीले ठक्कर दिँदा मंगलबार बिहान झापाको बिर्तामोडमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका–८ निवासी ७० वर्षीया टंकमाया सुवेदी रहेकी छन् । 

बिहान ८ बजेर ४० मिनेट बिर्तामोड नगरपालिका–५ वानस्टप मल अगाडि बाटो काट्ने क्रममा मे १ ज ६६१३ नम्बरको गाडीले सुवेदीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा बिहान ९ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लाकै कमल गाउँपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्व आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार २१ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको ट्राफिकले जनाएको छ । घाइतेहरुको दमक, विर्तामोड र विराटनगरका अस्पतालहरुमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ४, २०८१ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×