ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान पौने ६ बजे झापाको अर्जुनधारा नगरपालिका–५ बाँसबारीस्थित भित्री सडकमा काठ लोड गरेको ट्याक्टरसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जंगली हात्तीको आक्रमणबाट शुक्रबार बिहान झापाकाे हल्दिबारीमा एक जनाकाे मृत्यु भएको छ ।बिहान ९ बजे हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चाैकिदार ४० वर्षीय धनबहादुर बनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–१० मा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ पौने ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०१–०१६ प ५४९० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम, थर र वतन नखुलेका पुरुष मानिसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रजातान्त्रिक योद्धा तथा नेपाली कांग्रेसका पुराना नेता पूर्णानन्द दाहाल (पीएन शर्मा)को निधन भएको छ ।झापा कमल गाउँपालिका–५ लखनपुर निवासी ८८ वर्षीय दाहालको उपचारका क्रममा बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा सोमबार अपरान्ह साढे ४ बजे निधन भएको हो ।
सीमान्तीकृत राजवंशी समुदायबाट पहिलो पटक पूर्णप्रसाद राजवंशी न्यायाधीश नियुक्त हुने भएका छन् । न्यायपरिषद्ले राजवंशीलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको छ ।
ऐन लागू भएको ५ वर्षपछि चिया उद्योगीहरु चिया बगानमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सहमत भएका छन् । श्रमिकको निरन्तरको दबाब र पटक पटकको आन्दोलनका कारण उद्योगीहरु श्रमिकलाई कोषमा सूचीकृत गर्न सहमत भएका हुन् ।
लघुवित्तबाट लिएको डेढ लाख रुपैयाँको ऋणले नेपाल उराउको अनुहारको उज्यालो खोसिएको छ । आफन्त र साथीभाइलाई तिर्नुपर्ने ऋणको दायित्व त छँदै छ, आफूले पाउनुपर्ने रकम चिया बगानका मालिकले नदिएपछि उराउ ऋणको मारमा छन् । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटमा कार्यरत उराउले बगान मालिक छत्रबहादुर गिरीसँग एक लाख ७० हजारभन्दा बढी पैसा लिनुपर्नेछ । गिरीले पैसा नदिएपछि उराउ ऋणमा परेका हुन् । उराउकी आमा बुटेन उराउको ३ वर्षअघि निधन भयो । उनकी आमा पनि गिरीबन्धु टी इस्टेटमा काम गर्ने स्थायी श्रमिक थिइन् ।
मदिरा सेवन गरेका युवाको मोटरसाइकल रोक्दा झापाको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्जमाथि आक्रमण भएको छ । प्रहरी निरीक्षक युवराज कटुवालमाथि बिहीबार साँझ बन्चरो प्रहार भएको हो ।