कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शाहीको प्रश्न : भौतिकमन्त्री धनुषा र झापाको हो कि, नेपालको ?

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटको ठूलो हिस्सा धनुषा र झापा जिल्लामा राखेको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आपत्ति जनाएका छन् । 

शाहीको प्रश्न : भौतिकमन्त्री धनुषा र झापाको हो कि, नेपालको ?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नेपालको मन्त्री हो कि धनुषा र झापाको ? भनेर प्रश्न गरेका छन् ।

'भौतिकमन्त्रीलाई भन्न चाहन्छु तपाईं नेपालको मन्त्री हो कि धनुषाको मन्त्री हो ? डाटा छ मसँग हावामा बोलेको छैन,' उनले भने, 'धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ र ४ गरी भौतिक तथा पूर्वाधार मन्त्रालयले धनुषा जिल्लाभरी ८ अर्ब ७७ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । झापा जिल्लामा ६ अर्ब ७० करोड गरेको छ । जम्मा गरेर १५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ झापा र धनुषामा गर्नुभएको छ । तर सिंगो कर्णालीका १० वटा जिल्लालाई समेटेर उहाँहले बजेट विनियोजन गर्नुभएको छ ७ अर्ब ३६ करोड ४८ लाख १४ हजार ।'

कर्णालीको अपमान गरिएको शाहीको भनाइ थियो । उनले थपे, '१५० अर्ब ५३ करोडको बजेट भइरहँदा झापा र धनुषाले १० प्रतिशत बजेट भौतिक मन्त्रालयबाट पाएको छ भने कर्णालीले ४.८९ प्रतिशत बजेट पाएको छ । यहाँ भन्न चाहन्छु भौतिक तथा पूर्वाधारमन्त्री झापा र धनुषाको मन्त्री हो कि नेपालको हो ?'

मन्त्रीले बजेट विनियोजन गर्दा विभेद गरेको भन्दै शाहीले आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित : असार ४, २०८१ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×