कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कर्णालीमा मान्छेले गाडी बोक्नुपर्ने अवस्था छ : सांसद थानी

काठमाडौँ — नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिएका छन् । 

कर्णालीमा मान्छेले गाडी बोक्नुपर्ने अवस्था छ : सांसद थानी

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडक स्तरोन्नतिका लागि पर्याप्त बजेट नछुट्याएको भन्दै आपत्ति जनाए ।

कर्णाली प्रदेशका राजमार्ग 'मृत्यु राजमार्ग' बनेको सांसद थानीको भनाइ थियो । सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदले संसद् भवन घेराउ गर्ने चेतावनी दिए ।

‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ? अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्युराजमार्ग वहन गर्न दिएको हो ? त्यसैले म भन्न चाहन्छु, यदि यहीँ तरिकाले सरकारले गर्‍यो भने कर्णालीका प्रदेशका सांसदहरूले संसद् घेराउ गर्नुपर्ने छ,' सांसद थानीले भने, 'मन्त्रालय घेराउ गर्नुपर्ने छ । यदि सचेत भएर यी बाटाहरूमा बजेट छुट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुरा म सरकारलाई भन्न चाहन्छु ।’

सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए । 'हाम्रो प्रदेशमा गाडीले मानिसलाई होइन, बिग्रियो भने मान्छेले गाडी बोक्नुपर्ने अवस्था छ,' उनले भने ।

सडक साँघुरो भएकाले अर्को गाडीलाई बाटो छोड्दासमेत दुर्घटना हुने अवस्था रहेको सांसद थानीले बताए ।

प्रकाशित : असार ४, २०८१ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×