२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सन् १९६९ मा आजकै दिन : कानको जन्म

काठमाडौँ — सन् १९६९ मा आजकै दिन (जुन १५) मा जर्मन फुटबलर ओलिभर कानको जन्म भएको थियो । कान २००० को दशकको उत्कृष्ट गोलरक्षकका रूपमा विश्वसामु परिचित छन् ।

सन् १९६९ मा आजकै दिन : कानको जन्म

कानले कार्ल्सरुहर एससीको युवा टोलीबाट १९७५ मा फुटबल खेल्न थालेका थिए । त्यसको १२ वर्षपछि उनले व्यावसायिक रूपमा क्लब प्रतियोगितामा डेब्यु गरेका थिए ।

कानले १९९४ देखि २००८ सम्म बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेल खेलेका थिए । उनी जर्मन फुटबल इतिहासकै सफल खेलाडीका रूपमा चिनिन्छन् । उनी सम्मिलित टोलीले ८ बुन्डेस लिगा, ६ डीएफबी–पोकल, १९९६ मा यूईएफए कप, २००१ मा यूईएफए च्याम्पियन्स लिग र अन्तर महादेशीय कप जितेको थियो ।

कानले चार पटक यूईएफए उत्कृष्ट युरोपेली गोलरक्षक, तीन विश्वको उत्कृष्ट गोलरक्षक पुरस्कार, र दुई पटक जर्मन वर्ष फुटबलर ट्रफी जितेका थिए । २००२ फिफा विश्वकपमा उनले गोल्डेन बल जितेका थिए ।

प्रकाशित : असार १, २०८१ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x