कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

इजरायलका प्रधानमन्त्री नेतान्याहुले विघटन गरे 'वार क्याबिनेट'

एजेन्सी

काठमाडौँ — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय 'वार क्याबिनेट' (युद्ध मन्त्रिपरिषद्) विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले 'वार क्याबिनेट' विघटन गरेका हुन् ।

इजरायलका प्रधानमन्त्री नेतान्याहुले विघटन गरे 'वार क्याबिनेट'

गान्ट्जले युद्धपछिको गाजाबारे के हुने भन्नेबारे प्रधानमन्त्री नेतान्याहुसँग जवाफ मागिरहेका थिए । ठोस कार्ययोजना नभएको भन्दै उनीहरुले छोडेका थिए । 'वार क्याबिनेट गान्ट्जकै अनुरोधमा उनीसँगको गठबन्धन सम्झौता थियो । गान्ट्जले छोड्ने बित्तिकै - अब मन्त्रिपरिषद्को आवश्यकता छैन', नेतान्याहुले मन्त्रीहरूलाई भनेका छन् ।

उता केही दक्षिणपन्थी धारणा राख्ने मन्त्रीहरुले युद्ध मन्त्रिपरिषद्मा सामेल हुन माग गरिरहेका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का एक प्रवक्ताले यो निर्णयले इजरायलको चेनअफ कमान्ड नभत्किने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ । अब हमास समूह र गाजाको युद्धबारेका संवेदनशील निर्णयहरू सानो समूहमा हुने इजरायलका मिडियाहरुले रिपोर्ट गरेका छन् ।

इजरायल–हमास युद्ध सुरु भएको पाँच दिनपछि ११ अक्टोबर २०२३ मा इजरायलमा वार क्याबिनेट गठन भएको थियो । विपक्षी नेसनल युनिटी पार्टी प्रधानमन्त्री नेतान्याहुको नेतृत्वमा सरकारमा सामेल भएको थियो । यसले युद्धबारे छलफल र निर्णयहरूमा भूमिका खेल्थ्यो । तर गत १३ जुनमा पूर्व प्रमुख जनरल स्टाफ बेन्नी गान्ट्ज र गाडी आइसेनकोट युद्ध मन्त्रिपरिषद्बाट बाहिरिएका थिए । गत वर्ष सुरु भएको प्यालेस्टाइनको हमास र इजरायलबीचको युद्धमा परी हालसम्म ३७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : असार ३, २०८१ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×