कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

हुम्ला — सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चीनसँगको सीमा जोडिएका जिल्लाका स्थानीय बासिन्दालाई प्रदान गर्दै आएको सीमापासमा सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेर बाजुरा जिल्लाका तीन जनालाई उपलब्ध गराएपछि ती कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

नियन्त्रणमा परेका जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत कर्मचारी बाँचबहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारी बोहरालाई सीमापासमा सहायक प्रजिअ सुवेदीको किर्ते हस्ताक्षर गरी बाजुराका तीन जना स्थानीयलाई सीमापास दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । चीनको ताक्लाकोट पठाउने प्रयोजनका लागि जारी गरिने सीमापासमा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले हस्ताक्षर गर्दै आएका थिए ।

हुम्ला जिल्लाबाहेक अन्य जिल्लाका नागरिकलाई दिन नमिल्ने सीमापास सहायक प्रजिअको किर्ते हस्ताक्षर गरी बाजुराका स्थानीयलाई दिइएको पाइएको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रकाशित : असार ३, २०८१ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×