ट्यांकर चालक संघ र निगमबीच सहमति, आजैदेखि इन्धन ढुवानी हुने
नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।
जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय तोकेको छ ।
मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो ।
लामो समयदेखि परेको खडेरी कारण किसानले पाखो र खेतमा लगाएको मकै बाली सुक्न थालेको छ। लामो समय पानी नपरेको र सिँचाइको पनि सुविधा नभएकोले मकैबाली सुक्न थालेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित आइतबार राती काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता एपी होबिन्द्र बोगटीका अनुसार चिनियाँमूलका जस्ता देखिने तीन व्यक्तिसँग साथबाट सोनाम गुरुङ नामको नागरिकता फेला परेको छ ।
लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।
मुस्लिम धर्माबलम्वीहरूको दोस्रो ठूलो चाड बकर इद (इद अल अधा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्माबलम्वीहरूले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी आपसमा मित्रवत रूपमा शुभकामना साटासाट गरेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय 'वार क्याबिनेट' (युद्ध मन्त्रिपरिषद्) विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले 'वार क्याबिनेट' विघटन गरेका हुन् ।
पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरेको आन्दोलनका कारण सोमबार पनि पट्रोल पम्पहरू बन्द रहे । निजी पेट्रोल पम्पहरू बन्द भएपछि सरकारी निकायले सञ्चालन गरेका पम्पहरूमा सर्वसाधारणको घुँइचो लागेको छ । पम्पहरू अगाडी ठूला लाइन छन् । हेर्नुहोस्, काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प बाहिरको सोमबारको दृश्य :
अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् ।
विकास निर्माणका योजनाको खरिद बिक्रिको उद्देश्यले बजेट निर्माणमै चलखेल गर्ने विचौलिया प्रवृतिलाई निरुत्साहित गर्न सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक निर्माणका कामहरु सार्वजनिक ठेक्का (ई-बिडिङ) मार्फत मात्र कार्यान्वयन गर्न पाउने कानुनी व्यवस्था गरेको छ ।
काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिकाले गरेको रिङरोडभित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
नेपालको पूर्वी नाका नजिकै रहेको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन्