कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

गोकर्णेश्वरमा जुवा खेल्ने २२ जना पक्राउ

काठमाडौँ — काठमाडौं गोकर्णेश्वरमा जुवा खेल्ने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौं कपन बस्ने बेल कुमार खड्कालगायत छन् । 

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ३२, २०८१ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×