रातो मस्त्येन्द्रनाथको भोटो जात्रा साउनको तेस्रो साता हुने

काठमाडौँ — रातो मस्त्येन्द्रनाथको भोटो जात्रा साउनको तेस्रो सातामा हुने भएको छ । हाल मस्त्येन्द्रनाथको रथ लगनखेलको थति टोलमा राखिएको छ । त्यहाँबाट साउन १७ गते रथ जावलाखेल तान्ने साइत छ ।

रातो मस्त्येन्द्रनाथको भोटो जात्रा साउनको तेस्रो साता हुने

रातो मस्त्येन्द्रनाथका ज्योतिषि किर्तिमदन जोशीका अनुसार यदि साउन १७ गते नै रथ जावलाखेल पुगेमा त्यसको चार दिनपछि अर्थात् साउन २० गते भोटो जात्रा गरिन्छ । यदि कदमकदाची रथ जावलाखेल पुग्न दुई दिन लागेमा साउन २१ गते भोटो जात्रा हुन्छ ।

सामान्यतया बैशाख शुक्लप्रतिपदाको दिनदेखि असार शुल्क चौँथीसम्म करिब दुई महिना मनाइने रथ यात्रा यस पटक भने करिब तीन महिना मनाइने भएको छ । भोटो जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितमा देखाइन्छ ।

यसदिन काठमाडौं, भक्तपुर र पाटन तीनै सहरका मानिसहरूले विषेश जात्राको रुपमा मनाउने गर्दछन् ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x