कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

'भागबन्डामा ८ राजदूत' समाचारमा facebook.com/ eKantipur बाट लिइएका केही टिप्पणी:

पाठक पत्र

राजदूत पो हुने हुन् कि हैनन्, भागबन्डा मिलाउँदा मिलाउँदै सरकार नै ढल्ला जस्तो भइसक्यो ।
– प्रकाश घिमिरे

'भागबन्डामा ८ राजदूत' समाचारमा facebook.com/ eKantipur बाट लिइएका केही टिप्पणी:

त्यहाँ राजनीति गर्न जाने हो कि कूटनीतिक सम्बन्ध सुधार अनि त्यो देशमा भएका नेपालीहरूको समस्या समाधान यावत् कार्य गर्न जाने हुन् ?
– कमल बेलबासे

राजदूतनियुक्तिको मापदण्ड के हो, प्रस्टसँग कानुनी रूपमा उल्लेख भएको हुनुपर्छ, अन्यथा कूटनीति पनि पार्टीहरूको झोलाभित्र सीमित रहने अवस्था भविष्यका लागिहानिकारक हुन सक्छ ।
– रञ्जन पौड्याल

योग्यता भएका व्यक्तिले कहिले अवसर पाउलान् हाम्रो नेपालमा ?
– गोविन्द आचार्य

कूटनीतिज्ञहरू राजनीति भागबन्डामा ! यसले देशको छवि कस्तो बनाउला ?
– धर्म पौड्याल

कूटनीतिक नियोगलाई नि लछारपछार पारेर छोडे । धेरै बन्दोबस्तीका सामान लिएर नजानु, किनकि फर्किने टुंगो छैन ।
– गोपाल कटवाल

हरेक कुरामा राजनीतिक खिचातानी ।
– स्वस्तिराम बस्नेत

कठै, राजदूत जस्तो गरिमामय पदको धज्जी उडाए ।
– कमला गुरागाईं

भागबन्डामा चलेको छ नेपाल ।
– हरि मिजार

केपी बाको पार्टीभन्दा त अरू नै अलिक समावेशी रहेछन् हाम्रो नेपालमा ।
– श्रीराम

भागबन्डाको राजदूत कति महिनाका लागि होला, उता नपुग्दै यता सरकार ढल्न बेर लाग्दैन ।
– धीरेन श्रेष्ठ

के हो यो कोटा ? जेमा पनि भागबन्डा अनि कहिले मुलुक बन्छ ? राजनीतिक नियुक्ति बन्द गर्नुपर्‍यो ।
– आकाश सिलवाल

पार्टीत सबै उस्तै त हुन् । आफ्नो र पार्टीका लागि जस्तोसुकै हत्कन्डा पनि अपनाउँछन् । पार्टीको सिद्धान्तले कही गर्दैन रहेछ । नेता खराब भए कसैको केही लाग्दैन । नेता इमानदार र निःस्वार्थी हुनुपर्छ । सबै पार्टीका नेताहरूमा यो गुण छैन ।
– दमबहादुर पुन

यसका लागि त राजनीति गरेका हुन् ।
– धीरेन्द्र बम ठकुरी

दक्षता, क्षमता, अनुभवलाई आधार मानेर कूटनीतिज्ञ नियुक्त गर न कि आसेपासेलाई ।
– विश्व गौतम

कहिलेसम्महो यो भद्दा राष्ट्रिय मजाक ? राजदूत जस्तो पद स्वतन्त्र, विज्ञ, योग्य नागरिकको पहुँचभन्दा बाहिर ? दिने, लिने दुवै पक्षलाई लाज लाग्नुपर्ने हो ।
– शेखर ढुंगेल

कुन नौलो कुरो हो र ?
– महेन्द्र खनाल

हरेक निकायमा राजनीति गरिनाले देश कहिल्यै उकालो लाग्दैन ।
– नन्दलाल अधिकारी

घुमीघुमी फरक फरक नियुक्ति चाखिरहँदा रैछन् ।
– रिजन दाहाल

बाउको सम्पत्ति दाजुभाइले बाँडे जसरी बाँडेका छन् ।
– सुवास पुरी

मौकामा चौका हानौं ।
– तुलसी तिवारी

यिनीहरूले देशका लागि भन्दा पनि पार्टी र आफ्ना लागि चाहिँ राम्रै काम गर्छन् होला ।
– बीके मानन्धर

प्रकाशित : असार ९, २०८१ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×