कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

चोरीमा संलग्न आरोपमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ

काठमाडौँ — प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं संकटा बस्ने सुजित कर र काठमाडौं ओमबहाल बस्ने सेफ अलि आलम छन् ।

चोरीमा संलग्न आरोपमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ

यस्तै बैतडी दोगडाकेदार गाउँपालिका–२ घर भई कलंकी बस्ने निराजन महरा, काभ्रे भुम्लु गाउँपालिका–३ घर भई कलंकी बस्ने मोनिका लामा छन् ।

प्रहरीका अनुसार उनीहरुले टोखा नगरपालिका–७ बसुन्धरा नमुनाटोल डेरा गरी बस्ने स्याङ्जाका पुष्पा भण्डारी उपाध्यायको कोठाबाट गत जेठ २७ गते सुनका गरगहना तथा नगद गरी २५ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

त्यस्तै उनीहरुले कलंकी बस्ने मनिष पौडेल, महाराजगन्जका बस्ने विशेष प्याकुरेल र नागार्जुन स्युचाटार बस्ने आकाश खड्काको कोठाबाट ल्यापटप तथा अन्य धनमाल चोरी गरेको प्रहरीले बताएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


प्रकाशित : असार ७, २०८१ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×