कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

अज्ञात समूहद्वारा खुकुरी प्रहार

काठमाडौँ — ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात समूहले एक जना व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् । 

प्रहरीका अनुसार बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार ४ जनाको समूहले बानियाँलाई खुकुरी प्रहार गरेर भागेका हुन् । ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यस्तै पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ परेका काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई बौद्ध नयाँबस्ती बस्ने गोमा रानी थोकरलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जनाबाट १० लाख ३६ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

बिहीबार पक्राउ परेका थोकरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ८, २०८१ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×