कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सन् १९४० मा आजकै दिन : अमेरिकी धाविका रुडोल्फको जन्म

काठमाडौँ — सन् १९४० मा आजकै दिन (२३ जुन) मा चर्चित अमेरिकी धाविका विल्मा रुडोल्फको जन्म भएको थियो । अमेरिकाका टेनेसी राज्यको एक गरिब परिवारमा उनको जन्म भएको हो ।

सन् १९४० मा आजकै दिन : अमेरिकी धाविका रुडोल्फको जन्म

रुडोल्फले सन् १९६० को रोम ओलम्पिकमा ट्र्याक एन्ड फिल्डका विभिन्न स्पर्धामा तीनवटा स्वर्ण जितेकी थिइन् । रुडोल्फले सय मिटर, दुई सय मिटर र चार गुणा सय रिले स्पर्धामा स्वर्ण जित्न सफल भएकी थिइन् ।

योसँगै उनी एउटै ओलम्पिकमा ट्र्याक एन्ड फिल्डमा तीनवटा स्वर्ण जित्ने पहिलो अमेरिकी धाविकासमेत बनेकी थिइन् । रुडोल्फलाई सन् १९८३ मा अमेरिकाको ओलम्पिक हल फेममा समावेश गरिएको थियो । सन् १९९४ नोभेम्बर १२ मा ५४ वर्षको उमेरमा ब्रेन क्यान्सरबाट उनको निधन भएको थियो ।

प्रकाशित : असार ९, २०८१ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×