कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

सत्ता महोदय

पाठक पत्र

सत्तामा पुग्नुअघि के के भन्नुहुन्थ्यो ?
सत्तामा पुगेपछि के के गर्नुभयो ?
सत्तामा रहुन्जेल के के भन्नुहुन्थ्यो ?
सत्ताबाट बाहिरिएपछि के के भन्नुभयो ?

फेरि पनि सत्ताकै लागि
के केसम्म गर्नुभयो ?
के केसम्म बन्नुभयो ?
पक्कै पनि
धेरै कुरा भन्न बाँकी नै हुनुपर्छ
धेरै रूप बन्न बाँकी नै हुनुपर्छ
गर्न त अझै कति बाँकी होलान्
किनभने–
महभन्दा मीठो यो सत्ता
धेरै लामो समयसम्म टिक्छ र टिकाउनु छ
अझै पनि काम गर्दै छ हाम्रो कान,
आँखा ठीक भएकाले देख्दै छौं मुस्कान
मनले पनि खुब सम्झिरहेछ सयौं सयौं बेइमान
ए सत्ता महोदय
यी कान र आँखालाई
नसुन्/नहेर् भनेर तर्साइदिनूस् न
यो सम्झने मनलाई
कसै गरी भुसुक्कै बिर्साइदिनूस् न

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : असार ९, २०८१ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×