कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

संसद्मा जगहँसाइ

पाठक पत्र

संसद्मा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण तथा राष्ट्रपतिको विदेश भ्रमणका बारेमा जानकारी गराउने र सांसदको लिखित प्रश्नको जवाफ दिने कुरा पूर्वनिर्धारितै थियो ।

तर संसद्मा उपप्रधानमन्त्रीहरू समेत उपस्थित भएनन् । प्रतिपक्षी दलका नेता र आफ्नै गठबन्धनका प्रमुख नेता केपी शर्मा ओलीसमेतको अनुपस्थिति रह्यो । अन्य सांसदहरूको न्यून उपस्थिति त्यसपछिको कुरा हुन सक्छ ।

नेतृत्व तहमा देखिएको यो जति अनुशासनहीनता र अमर्यादित व्यवहार कहाँ खोज्ने ? प्रत्यक्ष प्रसारण हुने संसद् बैठकको यस्तो अवस्था जगहसाइँ मात्र हुन सक्छ । जुन गर्वका साथ प्रधानमन्त्रीले संसद्मा विश्वासको मत प्राप्त गरेको अभिव्यक्ति दिएका थिए, ती सांसदहरूको मात्र त्यहाँ उपस्थिति हुन सकेको भए ‘संसद्मा प्रधानमन्त्री वक्ता, कुर्सी श्रोता’ शीर्षकको समाचार पढेर आम मानिसले मन खिन्न बनाउनुपर्ने थिएन ।

महेशप्रसाद ढुंगाना, नयाँ बानेश्वर काठमाडौं

प्रकाशित : असार ९, २०८१ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×