कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

आज ज्या: पुन्ही

काठमाडौँ — नेवा: समुदायले आज ज्या: पुन्ही अर्थात ज्येष्ठ शुक्ल पुर्णिमा मनाउँदै छन् । यस पूर्णिमालाई नेवाः समुदायले एक महत्त्वपूर्ण पुर्णिमाको रुपमा लिने गर्छन् ।

यसै दिनबाट सबैजना रोपाइँको काममा व्यस्त हुने भएकोले यस पुर्णिमालाई ज्या: पुन्ही अर्थात् रोपाईंको सुरुवात हुने पुर्णिमा ( रोपाइँको पूर्णिमा) पनि भनिन्छ ।

यस दिन पाटन दरबार क्षेत्रमा तत्कालीन राजा श्रीनिवास मल्लको राजगद्दी र सिद्धिनरसिंह मल्लले कोरेका श्रीकृष्णको पौभालाई दरबारबाट बाहिर ल्याइ कृष्ण मन्दिरमा प्रदर्शनीमा राखिन्छ। प्रचलित किंवदन्ती अनुसार तत्कालीन समयमा राजा आफैं बाहिर बसेर अन्न उब्जनी गर्न गाह्रो परेकालाई ऋण तथा धानको बीउ दिने गर्दथे। ज्या पुन्हीको अवसरमा राजा सिद्धिनरसिंह मल्ल आफैंले रचना गरेको ३२ गीतसँगै विशेष राग 'मेघ मल्हार' गाउने चलन छ ।

यसै दिन पनौतीमा पनि श्री उन्मत्त भैरव र श्री भद्रकालीको भव्य जात्रा हुने गर्दछ। यी दुवै देवतालाई छुट्टा छुट्टै रथमा राखी तानेर पुलिस पाटी भन्ने ठाउँमा भेट गराई ठोक्काउने गरिन्छ।

प्रकाशित : असार ८, २०८१ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×