कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

सुरुङमा फस्ने भइयो

पाठक पत्र

गुटको खेती मौलाएर राजनीतिलाई खाने भयो
पदको लोभमा परी–परी यिनको जीवन जाने भयो
खाने सरकार तीन ठाउँमा काम गर्ने चाहिँ कतै छैन
जे भनेर माथि पुगे उल्टो भन्दा देखिँदैन

कुन बाटामा अघि बढ्ने समाउने र टेक्ने कता
फेला पार्नै सकिएन देश चिनेको असल नेता
भाषण गर्छन्, आसन गर्छन्, अहंकारमा शासन गर्छन्
सात पुस्ताको हिसाब गरी आफ्नैलाई रासन भर्छन्
अपेक्षा र सपना यी कति बोक्नु थकित भइयो
उज्यालोको आशा थियो सुरुङमा पो फस्ने भइयो

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : असार ९, २०८१ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×