कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

लेदोसहितको पहिरो झरेपछि बेंसीसहर–डुम्रे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका १, उदिपुरको दलाल क्षेत्र नेपाली सेनाको ब्यारेक जाने गेटनजिकै लेदोसहितको पहिरो खसेपछि बेंसीसहर–डुम्रे सडक अवरुद्ध भएको छ ।

लेदोसहितको पहिरो झरेपछि बेंसीसहर–डुम्रे सडक अवरुद्ध

प्रहरीका अनुसार आइतबार बिहान ६ बजेतिर खसेको पहिरोले सडक अवरुद्ध भएको हो । मनाङसहित लमजुङबाट संघीय राजधानी काठमाडौं, प्रदेश राजधानी पोखरा साथै चितवन आउजाउ गर्ने एकमात्र सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको छ ।

काठमाडौं–पोखरा–चितवन जाने भन्दै गएका सवारी साधनहरू बीचबाटोमै रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख वरिष्ठ सई प्रदीप अधिकारीले लेदोसहितको पहिरोले दलाल क्षेत्रमा सडक अवरुद्ध बनाएको बताए । उनका अनुसार उदिपुरअगाडि अँधेरीखोला र बेंसीसहरतर्फ गैरीको खेलामा पनि बाढीले बगाएर ल्याएको गेग्रानले सडक असहज बनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले रातीदेखि पानी परिरहेको र यसले बेंसीसहर–डुम्रे सडकको लमजुङ खण्डको दलालसहितका ठाउँमा पहिरो गएको बताए । उनले पानी परिरहेको र पानी पर्न रोकिनासाथ सडक खुलाइने बताए । पहिरो झरेको ठाउँतर्फ सडक खुलाउन मेशिनरी सामग्री भने पठाइसकिएको प्रहरीले बताएको छ ।

प्रकाशित : असार ९, २०८१ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×