सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन कानुनमन्त्रीको कार्यकक्षमा बैठक
सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा बैठक सुरू भएको छ ।
सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा बैठक सुरू भएको छ ।
ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक चलिरहेकाले सभामुख देवराज घिमिरेले बैठक २ बजेका लागि सारेका हुन् ।
कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधि सभामा उनीमाथिका उठेका प्रश्नहरूको जवाफ दिने गरी बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् । विपक्षी दलका नेताहरूको संसद् भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो
गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै नेपाल विद्यार्थी संघ र तरुण दल झापाले आइतबार बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।