कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन

काठमाडौँ — सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।

सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन

दोस्रो विश्वयुद्धको अन्त्यसँगै विश्व दुई खेमामा बाँडियो । पुँजीवादी खेमाको नेतृत्व अमेरिका र साम्यवादी खेमाको नेतृत्व तत्कालीन सोभियत संघले गर्‍यो । दुवै देश आणविक शक्ति सम्पन्न भएका कारण एक–अर्काविरुद्ध भौतिक आक्रमणमा भने उत्रन सकेनन् । जसका कारण शीतयुद्ध सुरु भयो ।

त्यसै क्रममा युद्धको तयारीकै रूपमा अमेरिकाले उत्तर एटलान्टिक क्षेत्रका देश समेटेर १९४९ को अप्रिल ४ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) गठन गर्‍यो । त्यसैको जवाफी कदमका रूपमा १९५५ मे १४ का दिन सोभियत संघले पूर्वी युरोपका देशहरूलाई समेटेर वार्सा ट्रिटी अर्गनाइजेसनको निर्माण गरेको हो । मित्रता, सहयोग र पारस्परिक सहयोगका लागि भनेर गरिएको सन्धि ‘वार्सा प्याक्ट’ का रूपमा चिनिन्छ ।

सोभियत संघसँगै अल्बानिया, बुल्गेरिया, चेकोस्लोभाकिया, पूर्वी जर्मनी, हंगेरी, पोल्यान्ड, रोमानिया यसका सदस्य राष्ट्र थिए । सोभियत संघको अन्त्यसँगै १९९१ जुलाई १ मा वार्सा प्याक्ट पनि विघटन भयो ।

प्रकाशित : जेष्ठ ४, २०८१ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x