कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मत्स्येन्द्रनाथको रथ दुई दिन रोकेर मर्मत गरिने

ललितपुर — रातो मत्स्येन्द्रनाथको रथ शुक्रबार र शनिबार दुई दिन रोकेर मर्मत गरिने ललितपुर गुठी संस्थानले जनाएको छ । 

मत्स्येन्द्रनाथको रथ दुई दिन रोकेर मर्मत गरिने

रथ तान्नेक्रममा निकै नै ढल्किएकाले दुई दिन रोकेर मर्मत गर्ने निर्णयमा पुगेको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आर्चायले बताए । ‘देवता रहेको गर्भगृहको भागमा भाँच्चिएको काठ फेरिसकेका छौं,’ उनले भने ।

मुलुकको सबभन्दा लामो जात्राको रुपमा मनाइने रथ जात्रामा हुने सक्ने सम्भावित चोरी, झै-झगडालगायतका दुर्घटनालाई रोक्न प्रहरी तयारी अवस्थामा रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बहुमूल्य मूर्ति, बहुमूल्य धातु, गरगहनाको सुरक्षा, रथयात्रामा हुने भीडभाडमा मानिसको जीउधन सुरक्षाको दृष्टिकोणले प्रहरी खटाइएको बताए । ‘भीडभाडमा हुन सक्ने पाकेटमार, झै–झगडालाई लक्षित गरेर सिभिल ड्रेसमा पनि प्रहरी परिचालन गरेका छौं,’ उनले भने ।

रथयात्रा गत शनिबारबाट सुरु गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०८१ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×