कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

कवाड व्यवसायमा तोडफोड गरिएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण 

भाद्र २१, २०८१
कवाड व्यवसायमा तोडफोड गरिएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण 

काठमाडौँ — कवाड व्यवसायी समाज नेपालले कवाड व्यवसायमा तोडफोड गरिएको भन्दै  प्रधानमन्त्री केपी शर्मालाई ध्यानाकर्षण गराएको छ ।

कवाड समाजले काठमाडौं महानगरपालिकाका विभिन्न वडा कार्यालयहरूले कवाड गोदाममा तोडफोड गरेको भन्दै प्रधानमन्त्री शर्मालाई ध्यानाकर्षण गराएको हो । वातावरण फोहोर गरेको, आगलागीका घटनार चोरी बढाएको आरोप महानगरले लगाएको भन्दै कवाड समाजले ध्यानाकर्षण गरेको हो ।

‘महानगरका वडाहरूले कवाड व्यवसायीको सामान जफत गरेको छ । व्यवसायीलाई अभद्र व्यवहार गरेको छ,’ समाजद्वारा जारी विज्ञप्तिमाल भनिएको छ, ‘कवाड व्यवसायको दर्ता नवीकरण नगरेको र अन्य निकायमा पनि प्यान तथा भ्याट दर्ता गर्न रोक लगाएको छ ।’

कवाड समाजले प्रचलित कानुनको व्यवस्थाअनुसार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने र महानगरको उक्त गतिविधि रोक्न माग समेत गरेको छ ।

प्रकाशित : भाद्र २१, २०८१ १०:०८
x
×