कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कम तौलका गहनाको नक्कली बिल बनाइ बन्धकी राखेर ठगी गर्ने तीन महिला पक्राउ

भाद्र २९, २०८१
कम तौलका गहनाको नक्कली बिल बनाइ बन्धकी राखेर ठगी गर्ने तीन महिला पक्राउ

काठमाडौँ — कम तौलका गहना बढी तौलको बिल बनाइ बन्धकी राखी ठगी गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले कम तौलका सुनका गहना बनाइ नक्कली बिलसहित बढी मुल्यमा बन्धकी राखी रकम ठगी गरिरहेको भन्ने प्रहरी वृत्त सातदोबाटोमा उजुरीपरेपछि अनुसन्धानको क्रममा प्रहरीले भक्तपुरको ब्यासीबाट गहनासहित तीन जना महिलाहरूलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार सप्तरीको कन्चनपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ अल्पाईन टोल बस्ने ५५ वर्षीया मनमाया थापा मगर, उदयपुर आमबासी घर भई ललितपुरको इमाडोल बस्ने ५४ वर्षीया चन्द्रकला विश्वकर्मा र सप्तरीको सप्तकोशी नगरपालिका-२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ अल्पाईन टोल बस्ने ४० वर्षीया राधा विश्वकर्मा पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको तिलहरी ४ थान, चुरा २ थान, बाला १ थान, नाकको फुली र पेच १५.८० ग्राम, हरियो र पहेलो रंगको पोते ३०/३० थान, विभिन्न ज्वेलर्सहरुको बिल १५ थान, बन्दकी राख्दा लिने दिने कागज चिट ३० थान, विभिन्न भिजिटिङ कार्ड ३० थान र नगद ३ लाख ४२ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०८१ १२:५९
×