कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा

आश्विन १, २०८१

काठमाडौँ — इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको तस्बिर अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौं प्रहरी बृत्त जनसेवामा राखिएको छ ।

बालेनको टिसर्ट लगाएका आएका व्यक्तिहरूलाई स्थानीयहरूले विरोध गरेपछि उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ । 'कार्यक्रममा बालेनको पक्षमा नाराजुलुस गर्ने स्थिति आएपछि त्यसलाई रोक्न युवाहरूलाई पक्राउ गरिएको हो' एक प्रहरी अधिकृतको भनाई छ । तर काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जात्रामा भगवानको प्रचारप्रसार गर्ने हो भन्दै स्थानीयले त्यसबाहेकका गतिविधि हुन नदिन आग्रह गरेपछि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको दाबी गरे ।

इन्द्रजात्राको अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ‌ओली पनि बसन्तपुर जाने कार्यक्रम छ ।

प्रकाशित : आश्विन १, २०८१ १४:३४
x
×