कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्रिप्टो कारोबारमा संलग्न दुई युवक पक्राउ

भाद्र २८, २०८१
क्रिप्टो कारोबारमा संलग्न दुई युवक पक्राउ

काठमाडौँ — अवैध क्रिप्टो कारोबारसम्बन्धी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभौतिक मुद्रा (क्रिप्टो)को कारोबार गर्ने स्टारबोइ सोलुसनका सञ्चालकहरू गैडाकोट नवलपरासी घर भइ हाल ठमेल बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ घर भइ मनमैजु बस्ने २० वर्षीय आयुष शर्मालाई पक्राउ गरेको हो ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरूको साथबाट केही थान मोबाइल र ल्यापटप समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १५:२६
×