कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

भासिएको कुपण्डोल सडकको ललितपुर महानगरले प्राविधिक अध्ययन गर्ने

भाद्र २९, २०८१
भासिएको कुपण्डोल सडकको ललितपुर महानगरले प्राविधिक अध्ययन गर्ने

ललितपुर — कुपण्डोलबाट पुल्चोकतर्फ जाने मुख्य सडक भासिएपछि ललितपुर महानगरपालिकाले प्राविधिक टोली खटाई अध्ययन गर्ने भएको छ । शनिबार दिउँसो सडकबाट अचानक पानी बगेपछि बाटो भासिएको थियो ।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले महानगरले पनि हालैमात्र जानकारीमा आएकाले सो बारे अध्ययन गर्न प्राविधिक टोली खटाउने बताए । ‘उक्त सडक विभागअन्तर्गत भए पनि महानगरले यसमा समन्वय गरेर काम गर्छ,’ उनले भने, ‘मैले पनि यसबारै भर्खरै मात्र थाहा पाएँ । अध्ययन गरिसकेपछि मात्र के भएर फुटेको भन्ने थाहा हुन्छ ।’

उक्त सडकमा ढल अथवा मेलम्चीको पानीको पाइप पनि फुटेको हुनसक्ने उनले बताए । ललितपुरको मुख्य सडक पर्ने भएकाले यसलाई चाँडै बनाउने उनको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०८१ १६:५६
x
×