कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई महानगरको सम्मान

भाद्र १९, २०८१
पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई महानगरको सम्मान

काठमाडौँ — काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महानगरले बुधबार एक समारोहकाबीच नेपाली पारा तेक्वान्दो खेलाडी गोवर्धन र प्रशिक्षक राज नेगीलाई नगदसहित सम्मान गरेको हो । 

महानगरले पदक विजेता गोवर्धनलाई ५ लाख र प्रशिक्षक नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको हो ।

गोवर्धनले पेरिसस्थित ग्रान्ड प्यालेसमा आयोजित पारा ओलम्पिकमा के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी थिइन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो ।

पदकधारी गोवर्धनलाई राजधानीमा भव्य रुपले स्वागत समेत गरिएको थियो ।

प्रकाशित : भाद्र १९, २०८१ १३:४६
x
×