२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सन् १९७५ मा आजकै दिन : सगरमाथामा महिला आरोही

काठमाडौँ — सन् १९७५ मा आजकै दिन (मे १६) मा जापानी आरोही जुन्को ताबेईले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला हुन् । 

सन् १९७५ मा आजकै दिन : सगरमाथामा महिला आरोही

प्रथम आरोहणको २२ वर्षपछि जुन्कोले उक्त सफलता हात पारेकी थिइन् । १९३९ सेप्टेम्बर २२ मा जन्मिएकी जुन्कोले १० वर्षको उमेरमा नै हिमाल आरोहणबारे सिकेकी थिइन् । १९६२ देखि भने उनी हिमाल आरोहण क्लबमा आबद्ध भएकी थिइन् । सगरमाथा चढ्नुअघि जुन्कोले १९७० मे १९ मा अन्नपूर्ण तेस्रो आरोहण गरेकी थिइन् ।

उनको २०१६ अक्टोबर २० मा क्यान्सरका कारण निधन भएको थियो । तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले १९५३ मे २९ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनीहरूलाई आरोणका लागि १६ दिन लागेको थियो । नेपालको सोलुखुम्बुमा १९१४ मे २९ मा जन्मिएका नोर्गेको १९८६ मे ९ मा दार्जिलिङमा निधन भएको थियो । न्युजिल्यान्डको अकल्यान्डमा १९१९ मा जन्मिएका हिलारीको २००८ जनवरी ११ मा निधन भएको थियो ।

नोर्गे र हिलारीले आरोहण गरेयता ७ हजारभन्दा बढी पर्वतारोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । आरोहणका क्रममा तीन सयभन्दा बढी पर्वतारोहीले ज्यान गुमाइसकेका छन् । १५ औं चुलीका नाममा परिचित हिमाललाई १८६५ मा ब्रिटिस सर्भेयर सर जर्ज एभरेस्टका नाममा ‘माउन्ट एभरेस्ट’ नामकरण गरिएको थियो । १९५६ (विसं २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x