कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन् १९८४ मा आजकै दिन : फेसबुकका सहसंस्थापक जुकरबर्गको जन्म

काठमाडौँ — सन् १९८४ मा आजकै दिन (मे १४) मा अमेरिकी कम्प्युटर प्रोग्रामर तथा व्यवसायी मार्क जुकरबर्गको जन्म भएको थियो । उनी सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक हुन् । हाल उनी फेसबुकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।

सन् १९८४ मा आजकै दिन : फेसबुकका सहसंस्थापक जुकरबर्गको जन्म

जुकरबर्गले हार्वर्ड विश्वविद्यालयका साथीहरू एडुवार्डो साभेरिन, एन्ड्रिउ म्याककोलुम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्ससँग मिलेर २००४ फेब्रुअरी ४ मा सामाजिक सञ्जाल फेसबुकको स्थापना गरेका थिए । सुरुमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूमा सीमित फेसबुक बिस्तारै अन्य विश्वविद्यालय हुँदै सर्वसाधारणका लागि खुला गरिएको हो ।

२००६ सम्ममा फेसबुक १३ वर्षभन्दा माथिको उमेरका सबैले अकाउन्ट खोल्न पाउने बनाइएको थियो । २०१० को नोभेम्बर १५ देखि म्यासेज गर्न मिल्ने सुविधा ल्याएको फेसबुकले २०१५ अप्रिल २८ देखि भिडियो कल र अगस्ट ५ देखि लाइभको सुविधा थपेको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कमा केन्द्रीय कार्यालय रहेको फेसबुकका हाल कम्तीमा तीन अर्ब प्रयोगकर्ता छन् । तीमध्ये आधाभन्दा बढीले फेसबुक नियमित चलाउने बताइएको छ । फेसबुक विश्वमा सबैभन्दा बढी हेरिने वेबसाइटको सूचीमा तेस्रो स्थानमा छ । २०२१ अक्टोबरमा फेसबुकको नाम मेटा प्लाटफर्म्स इनकर्पोरेटेड बनाइएको थियो । यसअन्तर्गत फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस सञ्चालित छन् ।

प्रकाशित : जेष्ठ १, २०८१ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×