कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन् १९३७ मा आजकै दिन : अमेरिकाकी पहिलो महिला विदेशमन्त्रीको जन्म 

काठमाडौँ — सन् १९३७ मा आजकै दिन (मे १५) मा मेडेलिन अलब्राइटको जन्म भएको थियो । उनी अमेरिकाकी पहिलो महिला विदेशमन्त्री हुन् । चेक गणतन्त्र (तत्कालीन चेकोस्लोभाकिया) को प्रागमा जन्मिएकी मेडेलिन १९९७ जनवरी २३ मा अमेरिकी विदेशमन्त्री नियुक्त भएकी थिइन् । 

सन् १९३७ मा आजकै दिन : अमेरिकाकी पहिलो महिला विदेशमन्त्रीको जन्म 

नाजीहरूले १९३९ मार्चमा चेकोस्लोभाकिया कब्जा गरेपछि मेडेलिनको परिवार भागेर इंग्ल्यान्ड पुगेको थियो । दोस्रो विश्वयुद्धपछि स्वेदश फर्किएको उनको परिवार सोभियत संघको समर्थनमा कम्युनिस्टले चेक गणतन्त्रमा ‘कु’ गरेपछि अमेरिका पुगेको थियो ।

त्यसपछि अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अध्ययन थालेकी मेडेलिनले १९६८ मा स्नातकोत्तर गरेकी थिइन् । त्यसपछि उनी १९७२ को राष्ट्रपतीय चुनावी अभियानमा संलग्न भइन् । १९७६ मा विद्यावारिधि गरेपछि उनले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरका सुरक्षा सल्लाहकारको टिममा रहेर काम गर्ने मौका पाइन् । मेडेलिन १९८२ देखि १९९३ सम्म जर्जटाउन विश्वविद्यालयकी प्राध्यापक थिइन् ।

१९९३ देखि १९९७ सम्म संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतको जिम्मेवारी निर्वाह गरेकी मेडेलिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको दोस्रो कार्यकालमा १९९७ देखि २००१ सम्म विदेशमन्त्री भएकी थिइन् । मेडेलिनको २००२ मार्च २३ मा अमेरिकाको वासिङ्टनमा निधन भएको हो ।


प्रकाशित : जेष्ठ २, २०८१ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×