३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

आश गुरुङ

लमजुङ — माछा मार्ने क्रममा लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले नन्देस्वाँराका ५५ वर्षीय राजेन्द्रकुमार गुरुङको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

घर नजिकै रहेको नदीमा माछा मार्न गएका उनी डुबेको अवस्थामा देखेपछि स्थानीयले हारगुहार गर्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको लागि प्रयोग गरेर केही छोडेको पानीमा उनी माछा मार्न गएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंका अनुसार मंगलबार साँझ स्थानीयले उनलाई मर्स्याङ्दीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको र शव निकालिएको हो ।

बुधबार बेंसीसहरस्थित लमजुङ अस्पतालमा शव परीक्षण गरी आफन्तलाई बुझाएको उनले बताए । आफन्त र स्थानीयले उच्च रक्तचापलगायत समस्याका उनी घर नजिकै रहेको मर्स्याङ्दीमा माछा मार्न गएको र पानीमा माछा मार्ने क्रममा नदीमा ढलेका कारण डुबेको हुनसक्ने अनुमान गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०८१ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?