उद्योग, प्रतिष्ठान वा व्यावसायिक भवनलाई ‘अति संवेदनशील’ कोटीमा राखी त्यही स्तरको सुरक्षा प्रदान गरिनुपर्छ, संविधानप्रदत्त सम्पत्तिको हकको संरक्षण र प्रयोगको सुनिश्चितता पनि दलहरूको घोषणापत्रमा समेटिनुपर्छ
स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि ‘लगानी दशक’ घोषणा गर्नु अत्यावश्यक भइसकेको छ । नेपाल विकासमा अघि बढ्नै नसक्नुको प्रमुख कारण सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अति न्यून हुनु हो ।