कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन् २०१८ मा आजकै दिन : ह्यारी र मेगनको विवाह

काठमाडौँ — सन् २०१८ मा आजकै दिन (मे १९) मा बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गरेका थिए । ह्यारी बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा हुन् ।

सन् २०१८ मा आजकै दिन : ह्यारी र मेगनको विवाह

बेलायतको विन्डसोर क्यासलको सेन्ट जोर्जेज च्यापलमा भएको वैवाहिक सारोहमा विश्वका करिब ६ सय विशिष्ट पाहुना सहभागी भएका थिए । मेगन आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् । ह्यारी भने दाजु विलियमसँगै समारोहस्थलमा पुगेका थिए ।

३३ वर्षीय ह्यारी र ३६ वर्षीया मेगनबीचको विवाह समारोहलाई टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । त्यस्तै, वैवाहिक समारोह भएको दरबारबाहिरको सडकमा दुईतर्फ उपस्थित करिब एक लाख जनताले खुसी साटासाट गरेका थिए ।

ह्यारी र मेगनले २०१६ जुलाईदेखिको प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गरेका थिए । अमेरिकी टेलिशृंखलाको अभिनयबाट चर्चामा आएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् । ह्यारी र मार्कलले २०२० जनवरीमा शाही उपाधि त्यागेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×