कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अफगानिस्तानमा फेरि बाढी, कम्तीमा ५० जनाको मृत्यु

काठमाडौँ — अफगानिस्तानमा फेरि भीषण वर्षापछि आएको बाढीमा ठूलो जनधनको क्षति भएको छ । अफगानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र हजारौँ घरहरू ध्वस्त भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । 

अफगानिस्तानमा फेरि बाढी, कम्तीमा ५० जनाको मृत्यु

प्रारम्भिक जानकारीका अनुसार केही मान्छे हराइरहेका समेत छन् । बाढीका कारण कैयौँ सडकहरू भत्किएकाले समेत उद्धारमा कठिनाइ भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

घोर प्रान्तको सूचना विभागका प्रमुख मौलवी अब्दुल हाई जइमका अनुसार २ हजार घर पूर्ण रूपमा भत्किएका छन् भने करिब ४ हजार घरमा आंशिक रूपमा क्षति पुगेको छ । त्यस्तै २ हजारभन्दा बढी पसलमा पानी पसेको छ ।

गत हप्ता मात्र उत्तरी अफगानिस्तानमा बाढीका कारण ३१५ जनाको मृत्यु भएको र १ हजार ६ सयभन्दा बढी घाइते भएको तालिबान अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×