कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बुन्डेसलिगामा बायरको अपराजित यात्राको कीर्तिमान

काठमाडौँ — बायर लेभरकुजनले शनिबार जर्मन बुन्डेसलिगामा पूरा सिजन अपराजित रहने पहिलो टिमका रूपमा कीर्तिमान बनाएको छ । उसले लिगको अन्तिम खेलमा असबर्गलाई २–१ ले हरायो । यससँगै बायरको यो सिजन तीन उपाधि जित्ने सपना पनि कायम रह्यो ।

बुन्डेसलिगामा बायरको अपराजित यात्राको कीर्तिमान

लिगका ३४ खेलमध्ये बायर २८ खेलमा विजयी रह्यो । यसक्रममा उसले ८९ गोल गर्‍यो भने २४ गोल मात्र खायो । ज्याभी एलोन्सोको टिमले यसअघि नै लिग उपाधि जितिसकेको छ ।

सबै प्रतियोगितामा बायरको अपराजित यात्रा ५१ खेल पुगेको छ । अब बायरले बुधबार डब्लिनमा हुने युरोपा लिगको फाइनलमा एटलान्टाको सामना गर्नेछ । त्यसको तीन दिनपछि जर्मनर कपको फाइनलमा काइजरर्स्लटनसँग भिड्नेछ ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×