कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्‍याएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन् । 

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल

इतिहासकार नेपालको निधनको खबरले आफूलाई दुःखी बनाएको राष्ट्रपति पौडेलले शुक्रबार पठाएको समवेदना सन्देशमा उल्लेख छ ।

'तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्तावेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो,' समवेदना सन्देशमा भनिएको छ ।

इतिहासकार नेपालका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका कृति एवं कैयौँ अनुसन्धान तथा खोजमूलक लेखरचना चिरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिरहने राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले इतिहासकार नेपालका परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।

प्रकाशित : जेष्ठ ४, २०८१ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×