कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

महानगरद्वारा हाँडीगाउँकाे सम्पदा पुनः निर्माणकाे अनुगमन

काठमाडौँ — काठमाडौं महानगरपालिकाको अनुगमन समितिले बिहीबार हाँडीगाउँमा पुनःनिर्माण भइरहेका सम्पदाहरूको भौतिक अवस्थाको अनुगमन गरेको छ । 

महानगरद्वारा हाँडीगाउँकाे सम्पदा पुनः निर्माणकाे अनुगमन

महानगरले धन गणेश परिसरमा रहेको सत्तल र मालीगाउँमा रहेको मैतीअजिमा द्योः छोः को निर्माण शैली, शिल्प, निर्माण सामग्री, कला र अमूर्त पक्षको अनुगमन गरेको हो ।

अनुगमन समितिका संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले पुनःनिर्माणका लागि उपभोक्ता समिति सक्रिय हुनु सबल पक्ष रहेको बताइन् । ‘नेवा शैलीमा निर्माण भएका सम्पदा काठमाडौंको पहिचानसँग जोडिएका स्मारक हुन्,’ अनुगमनको क्रममा डंगोलले भनिन्, ‘परम्परागत विधिको पुनःनिर्माण शैली अनुकरणयोग्य छ ।’

मालीगाउँमा रहेको मैतीअजिमा द्योः छोः २०७२ सालको भूकम्पमा जीर्ण भएको थियो । यसको २०७७ पुसबाट पुनःनिर्माण सुरू भई २०७८ मंसिर २८ गते सम्पन्न भएको महानगर सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले जानकारी गराइन् ।

‘यसकाे पुनःनिर्माण ६४ लाख १४ हजार रुपैयाँ लागतमा सम्पन्न भयो । लागतकाे ७ प्रतिशत उपभोक्ता समितिले व्यहारेको थियो,’ विभागीय प्रमुख राईले भनिन् ।

यसैगरी धनगणेश सत्तलको पुनःनिर्माण कार्य समय अघि नै २०८० को असारमा सम्पन्न भइसकेको महानगरकी इञ्जिनियर रुपा डंगोलले बताइन् । सत्तल पुनःनिर्माणमा ७२ लाख ११ हजार रुपैयाँ लागत लागेकाे उनले सुनाइन् ।

प्रकाशित : श्रावण १०, २०८१ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×