कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

वैशाख १८ गते कँडेलले एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए । तर, शाहले दलका नेतासमेत रहेका कँडेलले एकलौटी गरेको, सांसदहरूबीच कुनै सल्लाह नगरेको र पार्टी केन्द्रको निर्देशनविपरीत मन्त्री बनाइएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

प्रकाशित : जेष्ठ २, २०८१ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×