कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जिविस बाराका पूर्वसभापति साहको निधन

लक्ष्मी साह

बारा — तत्कालीन जिल्ला विकास समिति बाराका सभापति राजनारायण साहको शनिबार निधन भएको छ ।

जिविस बाराका पूर्वसभापति साहको निधन

बारागढी गाउँपालिका–२ विसुनपूर्वा निवासी ७१ वर्षीय साह लामो समयदेखि कलैया उपमहमानगर–४ अदालत रोडस्थित आफ्नै घरमा बस्दै आएका थिए । उनी मधुमेहले ग्रस्त थिए । उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको उनका छोरा मनोज साहले बताए ।

२०५९ को शाहीकालमा तत्कालीन जिल्ला विकास समितिको सभापति भएका उनी राप्रपा संस्थापन पक्षको लगातार २४ वर्षसम्म जिल्ला अध्यक्ष थिए । पछिल्लो समय उनी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य थिए ।

राप्रपाबाट उनी पटक–पटक बारा–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । उनका ३ छोरा, १ छोरी र श्रीमती छन् ।

प्रकाशित : श्रावण १२, २०८१ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×