कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

काठमाडौँ — रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै यस सिजनको आईपीएलको प्ले-अफ यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

बेंगलुरुको जितमा कप्तान फाफ डु प्लेसिस र विराट कोहलीले ब्याट महत्त्वपूर्ण योगदान दिए । प्ले–अफ पुग्नका लागि बेंगलुरुले लगातार ६ खेल जितेको हो । पहिले ब्याटिङ गर्दै बेंगलुरुले आठ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।

प्लेसिसले ५४ र कोहलीले ४७ रन बनाए । जवाफमा चेन्नईले सात विकेट गुमाउँदै १ सय ९१ रन मात्र बनाउन सक्यो । दुवै टिम समान १४ अंकमा रहे पनि बेंगलुरुले रन रेटको आधारमा प्ले-अफ पुगेको हो ।

अब बेंगलुरुले बुधबार इलिमिनेटर खेल्नेछ । यसअघि कोलकाता नाइटराइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले प्ले–खेल्ने निश्चित भइसकेको छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×