कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

मनोज बडू

दार्चुला — बैतडीको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको छाना उडाएको छ । बुधबार साँझको हावाहुरीले ५ कोठे विद्यालय भवनको छाना उडाएको हो । 

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दका अनुसार विद्यालयको ५ कोठे भवनमध्ये दुई कोठाको छानो हावाहुरीले उडाउँदा पूर्ण रुपमा क्षति भएको छ । उक्त भवनको तीन कोठाको छानो पनि आंशिक रुपमा उडाएर क्षति पुगेको छ । हावाहुरीले विद्यालय भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको उनले बताए ।

विद्यालयमा दुई कोठे कार्यालय भवन र ५ कोठे भवन मात्रै छ । 'भवनको छत मर्मत नहुञ्जेल पठनपाठनमा समस्या हुने देखिन्छ,' प्रधानाध्यापक चन्दले भने । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : जेष्ठ ३, २०८१ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×