कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

भुटानी शरणार्थी र गिरीबन्धु टि-स्टेटको अनुसन्धान रोकिनु हुँदैन : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि-स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौँले शनिवार जोरपाटीमा गरेको २७ औँ साधारणसभामा महामन्त्री शर्माले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे समझदारी अनियमिताको अन्त्यका निम्ति भएको बताए ।

भुटानी शरणार्थी र गिरीबन्धु टि-स्टेटको अनुसन्धान रोकिनु हुँदैन : महामन्त्री शर्मा

उनले इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्नेमा आफूहरुको जोड रहेको बताए । अनियमितामा संलग्न जो सुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

'जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन,' उनले भने ।

संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख गरेपनि व्यववहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यसको कार्यान्वयनका लागि काम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

प्रकाशित : श्रावण १२, २०८१ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×