संसारका अति धनीहरूका महँगा हवेली, लक्जरी कार र निजी जेटले विश्वका सम्पूर्ण देशभन्दा बढी कार्बन उत्सर्जन गर्दै पृथ्वीलाई नष्ट गरिरहेछन् । यिनीहरू आफूलाई भगवान्ले चुनेका मानिस र धनी हुनु भाग्यको खेल हो भन्छन् । सम्पत्तिको यस्तो प्रदर्शन देख्दा के तपाईं गरिब, बेरोजगार र घरबारविहीनबारे सोच्नुहुन्छ ? कुनै ईर्ष्याबिना प्रश्न उठाउन सक्नुहुन्छ– अति धनीहरूले यति धेरै सम्पत्ति कसरी कमाउन सक्छन्, जबकि आधारभूत जीवनयापनका स्रोतहरूमा अधिकांश मानिसको पहुँच छैन ?
दक्षिण अफ्रिकाविरुद्ध इजरायल–गाजा नरसंहारसम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले जनवरी २६, २०२४ मा जारी गरेको अन्तरिम आदेशले गाजामा नरसंहारको सम्भावनालाई स्वीकार गरेको छ । उसले गाजामा हत्या रोक्न भनेको छ । अदालतले दक्षिण अफ्रिकाले अनुरोध गरे बमोजिम युद्धविरामको आदेश भने दिएन ।
इजरायल–प्यालेस्टाइन द्वन्द्व बीसौं शताब्दीको सबैभन्दा जटिल, सजिलो राजनीतिक र कानुनी समाधान नभएको द्वन्द्व हो । यो द्वन्द्वको ब्रिटिस औपनिवेशिक सिर्जना हो र विरासत पनि ।
केही वर्षयता नेपालमा वैकल्पिक राजनीतिक दलहरू गठन, विघटन र पुनर्गठन भइरहेका छन् । पछिल्लो आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी अप्रत्याशित रूपमा (२१ सांसदसहित) नेपाली संसद्को चौथो ठूलो दल भएको छ । रास्वपाले संसद्मा सैद्धान्तिक अडान लिन्छ कि मात्र रणनीतिक खेल खेल्छ, हेर्न बाँकी छ ।
वर्तमान रुस र युक्रेनको इतिहास १३ औं शताब्दीमा युक्रेनको राजधानी किभबाट सुरुआत भएको ऐतिहासिक अभिलेखले देखाउँछ । यी दुइटै देश शताब्दिऔंदेखि एकअर्काका लागि अरूविरुद्ध लडेका छन् । अहिलको युद्धजस्तै पहिले पनि एकअर्काविरुद्ध लडेका छन् । जर्मनी, फ्रान्स र बेलायतमा भन्दा युक्रेन र रूसमा सांस्कृतिक समानता बढी छ । यद्यपि यी दुई मुलुकबीच राजनीतिक र रणनीतिक भिन्नता बढेको छ ।
भुटानले सन् १९९० को दशकको सुरुआततिर नेपालीभाषी नागरिकहरूमाथि राज्य आतंक मच्चायो । उनीहरूलाई जातीय सफाया (एथ्निक क्लिन्जिङ) सहित देशनिकाला गर्यो । त्यसरी लखेटिएकाहरूको पहिलो गन्तव्य भारत थियो । तर भारतले शरण दिएन, ट्रकमा हालेर नेपालको काकरभिट्टामा ल्याएर छोड्ने गर्यो ।
महाशक्तिराष्ट्रहरूले आर्थिक र सैन्य शक्तिका आधारमा आफ्नो इच्छा अनुसार अन्तर्राष्ट्रिय व्यवस्था स्थापना र परिवर्तन गर्छन् । सन् १९४५ मा शक्तिशाली राष्ट्रहरूले संयुक्त राष्ट्रसंघ बनाएर अन्तिम निर्णय गर्ने शक्ति आफूसँग राखे । राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू (बेलायत, अमेरिका, फ्रान्स, रुस र चीन) को ‘भिटो’ शक्ति यस सन्दर्भमा ऐतिहासिक उदाहरण हो ।
युरोपेली संघका विदेशनीति प्रमुख जोसेप बोरेलले युरोपेली कूटनीतिक एकेडेमीको उद्घाटन समारोह (१३ अक्टोबर २०२२) मा ‘युरोप एउटा बगैंचा हो जबकि (बाँकी) संसार जंगल हो’ भने । यसलाई लिएर विश्वव्यापी आलोचना भएपछि बोरेलले माफी मागे । तर बोरेलले ऐतिहासिक तथ्यलाई नकार्न सक्दैनन् । अर्थात्, युरोपेली शक्तिहरू ऐतिहासिक रूपमा बर्बर र क्रूर विश्व उपनिवेशीकरणका लागि जिम्मेवार छन् ।
बेलायती एमआईसिक्स र अमेरिकी सीआईए लगायतका ‘जासुसको गुँड हो काठमाडौं’ भन्छन् थोमस बेल । काठमाडौंमा दक्षिण कोरियाली र जापानीहरू उत्तर कोरियालीहरूलाई हेर्छन्... उत्तर कोरियालीहरू भियाग्रा बेचेर पैसा कमाउँछन्... चिनियाँहरू तिब्बती शरणार्थीहरूलाई हेर्छन्... भारतीय गुप्तचर एजेन्सीले पाकिस्तानी आईएसआईलाई हेर्छ... आईएसआईले भारतमा नक्कली नोट घुसाउने काम गर्छ (थोमस बेल, काठमाडौं, सन् २०१४) ।
आमसञ्चार र राजनीतिक नेतृत्व वर्गको टकराव सञ्चारमाध्यमको उत्पत्तिजत्तिकै पुरानो हो । राजनीतिक नेतृत्व वर्ग र सञ्चारमाध्यमबीच घनिष्ठ सम्बन्ध पनि एउटा वास्तविकता हो ।