कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खोटेहाङ गाउँपालिकाले सातौं वार्षिक उत्सव मनायो

डम्बरसिं राई

खोटाङ — खोटेहाङ गाउँपालिकाले शनिबार सातौं वार्षिक उत्सव मनाएको छ । यस अवसरमा विभिन्न विधामा विशेष योगदान पुर्‍याउनेलाई गाउँपालिकाले पुरस्कृत गरेको छ । 

खोटेहाङ गाउँपालिकाले सातौं वार्षिक उत्सव मनायो

३६ जना किसान, ३८ शिक्षक, ११ विद्यार्थी, ५ विद्यालय, ५ प्रधानाध्यापक, ५ विद्यालय व्यवस्थापन समिति, ९ विद्यालय कर्मचारी, ४ गाउँपालिका कर्मचारी, २ स्वास्थ्यकर्मी र २ उपभोक्ता समिति पुरस्कृत भएका छन् । उनीहरूमध्ये किसानलाई प्रतिव्यक्ति २० हजार, शिक्षक, विद्यार्थी, विद्यालय, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, विद्यालय कर्मचारी, गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मीलाई ६ हजार ६ सय ७० रूपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए ।

उपभोक्ता समितिलाई १३ हजार तीन सय ३५ रूपैयाँका दरले पुरस्कृत गरिएको अध्यक्ष राईले सुनाए ।


प्रकाशित : वैशाख १५, २०८१ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?