२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बास्केटबलमा आयोजक बीएनए विजयी

काठमाडौँ — बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ ।

बास्केटबलमा आयोजक बीएनए विजयी

सिनियर ब्वाइजको थ्री एक्स थ्रीमा समूह ‘ए’ र ‘बी’ बाट क्वाटरफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । समूह ‘ए’ बाट गोल्डेनपिक र लालीगुराँस नेसनल एकेडेमी तथा समूह ‘बी’ बाट डिफेन्डिङ च्याम्पियन ग्रिनल्यान्ड र स्किब्स क्रमशः समूह विजेता र उपविजेता भएर क्वाटरफाइनल पुगे ।

जुनियर ब्वाइजमा आयोजक बीएनए, लालीगुराँस र ग्रिनल्यान्ड विजयी भए । घरेलु कोर्टमा बीएनएले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २६–१७ स्कोरले हरायो । बीएनएका सिद्धान्त शर्माले १० स्कोर गरे ।

प्रजेश महर्जनको ६ अंक सहयोगमा लालीगुराँसले ओडिसी एकेडेमीलाई १८–१३ ले हरायो । ग्रिनल्यान्डले न्युटनमाथि २०–१६ को जित पायो । ग्रिनल्यान्डका वियोन गिरीले ६ स्कोर गरे ।

प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङले उद्घाटन गरे । सिनियर ब्वाइजमा २०, सिनियर गर्ल्समा १३ तथा जुनियर ब्वाइजमा १२ टिम प्रतिस्पर्धी छन् ।

प्रकाशित : वैशाख २८, २०८१ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?